त्रिशुलीमा बस खस्यो : १३ जनाको जिवितै उद्धार

लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ।

काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।

उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जिवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2024-03-06 07:07:00

प्रतिकृया दिनुहोस्