हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ब्याटिङ गरिरहेकाे छ। नेपालले टस हारेर पहिलाे ब्याटिङकाे निम्ताे पाएकाे हाे।
अहिले नेपालका ओपनर कुशल भुर्तेल र विनाेद भण्डारीले ब्याटिङ गरिरहेका छन्।
जारी सिरिजमा याे नेपालकाे दाेस्राे खेल हाे। पहिलाे खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका रहेकाे थियाे। यद्यपि, उक्त खेल वर्षका कारण अवरुद्ध भएकाे थियाे।
नेपालले आफ्नाे दाेस्राे खेलमा पिएनजीसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे। याे खेल जितेमा नेपाल सिरिजकाे फाइनलमा पुग्नेछ।
फाइनल खेल भाेलि हुनेछ।