पिएनजीविरुद्ध नेपालकाे खराब प्रदर्शन, ३७ रनमै ४ विकेट गुमायाे

हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।

पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर मात्र ३७ रन बनाएकाे छ।

नेपालका ओपनर विनाेद भण्डारी ४ तथा कुशल भुर्तेल ५ रन बनाएर आउट भए।

त्यस्तै गुल्सन झा ६ रन बनाउँदा रन आउट हुन पुगेका छन्।

त्यस्तै कप्तान राेहितकुमार पाैडेल १२ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2024-03-13 14:17:00

प्रतिकृया दिनुहोस्