प्रतिनिधिसभाको बैठक बस्दैछ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन।
मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।
साथै, आ.व. २०८१/२०८२को लागि बिनियोजन विधेयकका सिद्धन्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन।