जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो, ७ जना घाइते

धरानबाट भोजपुरको घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो।

दुर्घटना स्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए। प्रहरीका अनुसार जीप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ।

मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदीपराज पाठकले जानकारी दिए।

प्रकाशित मिति: : 2024-03-14 13:38:00

प्रतिकृया दिनुहोस्