राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

File Photo
File Photo

राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन्।

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन्।

हाल अमेरिकामा रहेकी अनिताले भने उहीँबाट राजीनामा दिएकी हुन्।

नयाँ गठबन्धन बनेपछि राष्ट्रिय योजना आयोगमा पुरानाे गठबन्धन दलबाट सिफारिस भएर नियुक्ति पाएका सदस्यहरुले राजीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2024-03-15 16:43:00

प्रतिकृया दिनुहोस्