काठमाडौँ महानगरपालिका- २६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ।
डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका- ४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।
चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।