बागलुङ बस दुर्घटनाप्रति राष्ट्रियसभा सदस्य राेकायद्वारा दु:ख व्यक्त

फाइल तस्बिर
फाइल तस्बिर

बाग्लुङमा आज भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले गहिरो दुःख व्यक्त गरेका छन्।

रुकुम पश्चिमबाट काठमाडौं लागि हिँडेको बाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस  मध्यपहाडी लोकमार्ग अर्न्तगत बागलुङको निसीखोला गाउँपालिका वडा–६ को जाउलेपानी भन्ने स्थानमा सडकदेखि करिब ३०० मिटर तल खस्दा ८ जनाको मृत्यु र २४ जना यात्रु घाइते भएका छन्। 

महामन्त्री रोकायले आज समाजिक सञ्जालमार्फत् मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

नेता राेकायले घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न पनि नेपाल सरकार को ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: : 2024-03-18 21:31:00

प्रतिकृया दिनुहोस्