नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल (नर्सिङ होम)ले अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ।
न्युरो सर्जरी विभागका डा.मनिष कोलाक्षपति, डा. निरज घिमिरे, डा. सुवोध गौतम, डा. उपमा शर्मा र एनेस्थेसिया विभागका डा. नवीनकुमार रेग्मी र डा. कपिल पोखरेल सम्मिलित टोलीले एक हप्ताको अवधिमा दुई जना (नेपालगञ्ज ११ की रेखा कश्यप र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ की दीपा गौतम)को सफलतापूर्वक शल्यक्रिया गरेको हो।
दुवै बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको अस्पतालले जनाएको छ। अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रियामा बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
चिकित्सक भन्छन्, ‘यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया (औषधि) दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन।’
अस्पतालले दन्त चिकित्साका विभिन्न आयाम, एमआरआइ सेवा, क्याबिन बिस्तार, लगायतका सेवा थप गर्ने तयारी गरिरहेको प्रबन्ध निर्देशक डा.कनोडियाले बताए।
नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडियाले अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौFको सहकार्यमा अस्पतालले पश्चिम नेपालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो।