तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर विकको शव फेला परेकाे छ।
सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो ब्रम्हायणी नदीमा विकको फेला पारेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको हो।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने विकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो।
घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो। सो टोलीले संगै उनको खोजीको लागि विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो।