महाकालीमा मृत पुरूष फेला

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

दार्चुलामा एक पुरुष मृत फेला परेका छन्।

महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्रसिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार बिहान ८ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा कुँवर मृत भेटिएपछि घटनास्थलमा प्रहरी खटिएको र प्रारम्भिक अनुसन्धानमा पुरूषको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

यस विषयमा थप अनुसन्धानमा भइरहेको उनले बताएको छ।

प्रकाशित मिति: : 2024-03-23 17:46:00

प्रतिकृया दिनुहोस्