नेपालसँग आयरल्याण्ड ६ विकेटले पराजित

नेपालले आयरल्याण्ड ‘ए’लाई पराजित गरेको छ। आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए। त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक-एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए।

यो जितपछि नेपालले आयरल्याण्ड ‘ए’विरुद्धको सिरिजमा १-० को अग्रता हासिल गरेको छ। दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुने छ।

प्रकाशित मिति: : 2024-03-25 16:07:00

प्रतिकृया दिनुहोस्