अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कोशी, बागमती र गण्डकीसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-27 07:49:00

प्रतिकृया दिनुहोस्