साताका विश्व घटना देखाउने तस्बिरहरू

Breaknlinks
Breaknlinks

विश्वभर हेरेक दिन विभिन्न घटना भइरहन्छन्। यस साता नेपालसहित विभिन्न देशमा होली पर्व मनाइयाे। होली पर्वको तस्बिहरू विश्वभर चर्चा योग्य बन्यो। 

र, यस साता निकै चर्चामा रहेको तस्बिरमध्ये अमेरिकी पूर्वी तटीय सहर बाल्टिमोरनजिकै कार्गो जहाज ठाेक्किँदा भाँचिएको पुल पनि बन्यो। यस्तै विश्वरभर चर्चामा रहेका तस्बिर राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकाे छन्।

प्रस्तुत छ, विभिन्न देशमा छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरुले यस साता खिचेका १५ तस्बिर:

१–फ्रान्सिस स्कटकी ब्रिजमा दुर्घटनाग्रस्त भएको डाली कार्गो जहाजको दृश्य,  बाल्टिमोर–मेरील्याण्ड, अमेरिका

२–हिन्दु धर्मालम्बीहरूको पर्व होली मनाउने क्रममा एक बालिका भारतको मुम्बईमा

३ अमेरिका र मेक्सिकोको सीमामा रहेको एल पासोको रियो ग्रान्डे नदीको किनारमा रेजर तारले भरिएको बार तोड्नबाट आर्मी नेशनल गार्डका जवानले रोकेपछि भेनेजुएलाबाट आएकी २२ वर्षीया आप्रवासी एलियानाआफ्नी तीन वर्षीया छोरी क्रिस्मार्लीसलाई समातेर झगडा गर्दै, अमेरिकामा

४–अर्थ आवरको रूपमा बत्तीहरू बन्द गरिएर अँध्यारो पारिएको बकिङ्घम प्यालेस बेलायतको लन्डनमा

५–देशमा अशान्ति फैलाउने र हिँसात्मक दङ्गा गर्ने भाडाका मान्छे हरूलाई मिडियाको अगाडी प्रस्तुत गर्दै प्रहरी इक्वेडरको ग्वायाकिलमा

६–गर्भपतन चक्कीमा व्यापक पहुँच जोगाउन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेको बोलीमा न्यायाधीशहरूको मौखिक तर्कहरू सुन्ने क्रममा दुई गर्भवती महिलाहरू अमेरिकी सर्वोच्च अदालत बाहिर गर्भपतन विरोधी विरोध प्रदर्शन गर्दै, वासिंगटन डिसी अमेरिका

७–थाइल्याण्डको नाखोन पाथोम प्रान्तमा रहेको वाट बांग फ्रा मठमा धार्मिक ट्याटू उत्सवमा भाग लिने क्रममा एक भक्त प्रार्थना गर्दै, जहाँ भक्तहरू तिनीहरूको ट्याटूमा रहस्यमय शक्ति भएको विश्वास गर्छन्

८–गोलीबारी भएको घटनापछि क्रोकस सिटी हल कन्सर्ट स्थलको माथिबाट निस्केको आगोको धुवाँ रुसको मस्कोमा

९– बन्दुकधारीहरूको डरले सुरक्षित स्थानतर्फ सर्वसाधारण हैटीको पोर्ट–ओ–प्रिन्समा

१०–एक निर्माण स्थलमा क्रेनको पछाडि देखिएको चन्द्रमा इटालीको रोममा

११–हिउँमा फुलेका डैफोडिल फूल स्विट्जरल्याण्डको ले सेपेमा

१२–चिडियाखानामा ईस्टर अण्डा पाएपछि धन्यवाद दिँदै खैरो भालु जर्मनीको गेल्सेकिर्चेमा

१३–लाइट्स फेस्टिभलको समयमा बत्ती स्थापनाको छेउमा हिड्दै बटुवाहरू क्रोएसियाको जाग्रेबमा

१४–नेदरल्याण्डको वेल्सेन–नूर्डमा रहेको टाटा स्टिल कारखानामा स्टिल बन्दै गरेको दृश्य

१५–अल्बानियाको तिरानाको दाजती पहाडमा ‘वर्म मुन’ भनेर चिनिने पूर्ण चन्द्र

प्रकाशित मिति: : 2024-03-30 10:36:00

प्रतिकृया दिनुहोस्