सडकले दिएको सास्तीः सर्वसाधारण आन्दोलन गरेको गर्‍यै, सरकार र ठेकेदार टारेको टार्‍यै

सेतोपाटी

काठमाडौं

हुलाकी राजमार्ग मोरङ खण्डको काम लामो समय पर धकेलिँदा सर्वसाधारणका लागि सडक सुविधाको साटो सास्तीमा परिणत भइरहेको छ।

यही सास्तीले मोरङ खण्डका सर्वसाधारणलाई बारम्बार आन्दोलित बनाउँदै आएको छ। यही नियतिले निरन्तरता पाउँदा यसपटक मोरङको कहटरीका नेपाली काँग्रेस कार्यकर्ता चार दिन यता सडकमा आन्दोलनरत छन्।

हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा गएको बिहीबारयता कांग्रेस नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ। निर्माणाधीन सडकको काममा ज्यादै  ढिलासुस्ती भएको र त्यसले  दुर्घटना बढेको बताउँदै  काँग्रेसले चैत १५ सडकमा अवरोध गर्दै आएको छ।

काँग्रेसले हरेक दिन बिहान ११ बजेदेखि दुई घन्टा सडक अवरोध गरिरहेको छ।

प्रकाशित मिति: : 2024-03-31 10:23:00

प्रतिकृया दिनुहोस्