सुदूरपश्चिममा भाेलि सार्वजनिक बिदा

सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

सुदूरपश्चिमका राना-थारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए।

उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। राना-थारू समुदायको सबैभन्दा ठुलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

प्रकाशित मिति: : 2024-03-31 19:55:00

प्रतिकृया दिनुहोस्