‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचारको वृत्तान्त, प्रधानमन्त्री प्रचण्ड पनि जोडिए

अनलाइनखबर

भद्र शर्मा

‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा कसरी अर्बपति भए भन्ने पुस्तकमा उल्लेख छ । समग्रमा ‘कुकुल्याण्ड’ले नेपालमा टेलिकम भ्रष्टाचारको वृत्तान्त नै दिएको छ ।

प्रकाशित मिति: : 2024-04-04 08:26:00

प्रतिकृया दिनुहोस्