हुम्लाकाे नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन जना कर्मचारीको उद्धार गरिएको छ।
सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जना चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर फर्कने क्रममा हिउँमा फसेका थिए।
बिहिबार बिहान हिउँ बेपत्ता भएकाे खबर सुन्नासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोली त्यसतर्फ गएकाे थियाे। उनीहरूकाे दिउँसाे १ बजे उद्धार गरेकाे हाे।