लुम्बिनीका मुख्यमन्त्री चौधरीको राजीनामा स्वीकृत

File Photo
File Photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजीनामा स्वीकृत भएको छ।

मुख्यमन्त्री चौधरीले बिहीबार दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार स्वीकृत गरेका हुन्।

‘नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाईंले मिति २०८० चैत २२ मा दिनुभएको राजीनामा स्वीकृत गरेको छु,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पुर्याउनुभएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु।’

प्रकाशित मिति: : 2024-04-05 12:41:00

प्रतिकृया दिनुहोस्