लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनीको मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनलाई नेकपा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा (एकीकृत समाजवादी) पार्टी १ र १ जना स्वतन्त्रसहित ४८ जना प्रदेशसभा सदस्यकाे समर्थन रहेकाे छ।

मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार प्रदेशसभामा राजीनामा दिएपछि बहुमत जुटाएर महरा नयाँ मुख्यमन्त्री नियुक्ति भएका हुन्।

माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले ४८ जना सांसदको हस्ताक्षरसहित दुईभन्दा बढी दलहरुको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनीको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।
 

प्रकाशित मिति: : 2024-04-05 15:26:00

प्रतिकृया दिनुहोस्