चेन्नईको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ। भने, चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ।

यसअघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो।

प्रकाशित मिति: : 2024-04-06 06:53:00

प्रतिकृया दिनुहोस्