फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात भिड्दै

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनबीच प्रतिस्पर्धा हुँदैछ।

गुजरातको वापीमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखि सुरु हुनेछ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो। बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो।

त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रकाशित मिति: : 2024-04-07 07:03:00

प्रतिकृया दिनुहोस्