कोलकोता चेन्नईसँग पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो।

कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो। ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ।

त्यस्तै कोलकोताको भने यो पहिलो हार हो। ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ।

प्रकाशित मिति: : 2024-04-09 06:45:00

प्रतिकृया दिनुहोस्