काँग्रेस संसदीय दलको बैठक बस्दैछ, सहकारी प्रकरणबारे छलफल गर्ने

नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ।

बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएकाे छ।

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ।

मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ।

बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ।

काँग्रेस लेखेट्दै, रवि भाग्दै

प्रकाशित मिति: : 2024-04-09 07:47:00

प्रतिकृया दिनुहोस्