वेस्ट इण्डिज ए टिम नेपाल आउँदै

वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच टी- २० खेल्ने छ।

यो टी- २० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ। नेपालले यस सिरिजलाई टी- २० विश्वकपको तयारीका लागि खेल्ने छ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ।

प्रकाशित मिति: : 2024-04-09 08:02:00

प्रतिकृया दिनुहोस्