२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ- रास्वपा

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०४७देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए।

उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ।

अब संसदको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने तालिका छन्।

प्रकाशित मिति: : 2024-04-09 15:39:00

प्रतिकृया दिनुहोस्