साहित्यकार प्रकट पंगेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ।

पंगेनीको ७० वर्षको उमेरमा पाेखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी मणिपाल आस्पताल भर्ना भएका थिए।

आज बिहान मात्रै पोखरेली युवा साँस्कृतिक पारिवारले उनको उपचारका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगकाे अपिल गरेको थियो। दिउँसाे उनकाे निधन भएको हो।

पंगेनीको बुधबार दाहसंस्कार गर्ने उनकाे परिवारले बताएकाे छ।

उनका कविता, गजलका किताब प्रकाशित छन्। पंगेनीको ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत संग्रह प्रकाशित छन्। 

प्रकाशित मिति: : 2024-04-16 16:54:00

प्रतिकृया दिनुहोस्