देशैभरका विपन्न, असहाय नागरिकको उपचार कामाडौँले निःशुल्क गर्ने

देशैभरका विपन्न, असहाय नागरिकको उपचार काठमाडौँ महानगरपालिकाले निःशुल्क गर्ने भएको छ। 

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार फेसबुक स्टाटसबाट जानकारी दिँदै भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाका विपन्न, असहाय नागरिकको काठमाडौँ महानगरले निःशुल्क उपचार गर्छ।’

तर त्यसका लागि आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिनुपर्ने बताएका छन्। बालेनले महानगरसँग ५२ अस्पतालका ३ सय ७४ बेड रहेको जानकारी दिएका छन्। 

सोही अस्पतालमा विपन्न असहाय नागरिकको उपचार हुनेछ। जसका लागि काठमाडौँ महानगरको स्वास्थ्य स्वास्थ्य विभागको सम्पर्क नम्बर ११८० मा फोन गर्नुपर्ने छ वा विभागमा पुगेर भेट गर्नुपर्ने छ। 

थप जान्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: : 2024-04-28 09:45:00

प्रतिकृया दिनुहोस्