काँग्रेस संसदीय दलको बैठक स्थगित

नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।

कांग्रेसले बिहीबार अपरान्ह २ बजेदेखि बस्ने भनिएको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको वैशाख २५ गते असामयीक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको हो।

प्रकाशित मिति: : 2024-05-09 11:23:00

प्रतिकृया दिनुहोस्