दलहरुबीच सहमति नजुट्दा सुरु हुन सकेन संसद् बैठक

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन ढिलाइ भएको छ। आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक बस्न ढिला भएको बताइएको छ। अहिलेसम्म परामर्श समितिको बैठकसमेत बस्न सकेको छैन।

अहिले दलहरुले आफ्नो पार्टीमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ।

यसअघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेन।

प्रकाशित मिति: : 2024-05-10 15:26:00

प्रतिकृया दिनुहोस्