गृहसचिव अर्यालले गरे अध्यागमन कार्यालयको निरीक्षण

गृहसचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन्।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका अर्यालले बिहीबार प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन्।

उनले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेका थिए।

यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ।

निरीक्षणका क्रममा उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएका थिए।

उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्न निर्देशन दिँदै गृहसचिव अर्यालले भने, ‘जुन–जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नू, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस्। भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस्।’

प्रकाशित मिति: : 2024-05-10 15:28:00

प्रतिकृया दिनुहोस्