‘राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम’ गर्दै युवा संघ

सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले वैशाख २९ गते माइतीघर मण्डलामा ‘राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम’ गर्ने भएको छ।

नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिविरुद्धको कार्यक्रम रहेको युवा संघका एक नेताले जानकारी दिए।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरिरहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गर्न लागेको युवा संघका नेता भेषराज शाहले बताए।

उक्त कार्यक्रममा सयौँ युवाहरुले ‘हाम्रो नोटमा हाम्रै देश- आन्तरिक मामिलामा नगर हस्तक्षप !’ ‘MCC के हो? व्याख्यात्मक टिप्पणी के भो?’लगायतको नारा लिएर साम्राज्यवादी र विस्तारवादीहरुको विरुद्ध आवाज घन्काउने संघका सचिव सुशील भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-05-10 16:56:00

प्रतिकृया दिनुहोस्