झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ, भने दुईजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ। मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो। 

मोटरसाइलकमा तीन जना सवार थिए। दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-06-22 09:52:00

प्रतिकृया दिनुहोस्