सई खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।

खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन्। सई खड्कालाई एसएसपी रमेश बस्नेतले उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरे।

लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्काले अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण, संगठित अपराध र फरार अभियुक्त पक्राउमा उत्कृष्ट भूमिका खेलेकोमा पुरस्कृत गरिएको हो।

प्रकाशित मिति: : 2025-05-15 19:38:00

प्रतिकृया दिनुहोस्