तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना बिरामी भएका छन्।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङ रहेका छन्।
च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
यही असार १ गते जङ्गली च्याउ खाँदा द्रोणपतिसहित ५४ वर्षीय डिलबहादुर गुरुङ, ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।
बिरामी अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको छ।