डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए।
प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए। उनीहरु फोक्सुन्डोको तापिरिचा स्कुलमा अध्यनरत थिए। स्कुलको लाफरवाहीका कारण उनीहरुको ज्यान गएको भन्दै स्थानीयले बिरोध गरेका छन्। उनीहरु खोलामा जाँदा विद्यालय ब्यवस्थापनले ध्यान दिनुपर्ने भन्दै स्थानीयले बिरोध गरेका छन्।