राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले घण्टाघरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद शाहले यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्नुपर्ने बताए। यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने उनकाे भनाइ छ।