थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन्।
उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत् साँझ साढे ७ बजे काठमाडौँ आइपुगेका हुन्।
शाहसहित पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र नातिनी पूर्णिका र नाति ह्रदयेन्द्र शाह पनि काठमाडौँ फर्किएका छन्।
उनी जेठ ५ गते बैंकक गएका थिए। शाह नातिनीहरूको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा पूर्वरानी र बुहारी हिमानीसहित झण्डै एक महिना बैंकक बसे।
थाइल्यान्डमा बस्दा पूर्वराजा शाहले त्यहाँ नेपालीसँग पनि भेटघाट गरेका थिए।