‘नेपाल आइडल सिजन–५’ विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाइ दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2024-06-26 10:39:00

प्रतिकृया दिनुहोस्