बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ।
वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो।
बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो। विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढी पसेर डुबानमा परेको थियो।
तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको हाे।