प्रतिनिधिसभा बैठक आज पनि

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधिसभा बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेकाे छ। जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयाेगकाे पाँचाैं वार्षिक प्रतिवेदन पेस गर्न गर्ने सम्भावित कार्यसूची रहेकाे छ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएकाे ‘सुरक्षित काराेबार (पहिलाे संशाेधन) विधेयक, २०८१ माथि विचार गरियाेस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्राेत विधेयक, २०८१लाई दफबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस्’ भनि प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

प्रकाशित मिति: : 2024-07-09 07:15:00

प्रतिकृया दिनुहोस्