सिस्नेमा पहिरोले पुरिएका ३ जनाको उद्धार, १ जना मृत भेटिए

रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ।

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन्। यस्तै ७ वर्षीय संगम बुढा मृत अवस्थामा भेटिएका छन्।

उद्धार गरिएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व लगिएकाे छ।

प्रकाशित मिति: : 2024-07-09 20:35:00

प्रतिकृया दिनुहोस्