पोखरामा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार, एक जना मृत फेला

कास्कीमा बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएकाे छ।

पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनाकाे बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको डिएसपी शैलेन्द्र थापाले  जानकारी दिए।

घरमा बाढी पस्दा गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी फसेका थिए।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो।

यसैगरी, सोही महानगरपालिकास्थित सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा निजको छोरा २२ वर्षीय भीमबहादुर थापा बेपत्ता भएका थिए।

उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बिहान ७ बजे मृत अवस्थामा फेला पारेकाे डिएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति: : 2024-07-10 12:17:00

प्रतिकृया दिनुहोस्