भारतमा बस दुर्घटना, १८ जनाको मृत्यु

Break n Links
Break n Links

भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो। यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो।

ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन्। ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन्।

प्रकाशित मिति: : 2024-07-10 13:42:00

प्रतिकृया दिनुहोस्