रौतहटमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा...

रौतहटमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजे रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा गढीमाई नगरपालिका–६ मा जीप दुर्घटना भएकाे हाे। १२ जना सवार रहेकाे जीप पानीमा झरेको थियो।

भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति: : 2024-07-12 13:44:00

प्रतिकृया दिनुहोस्