यसरी खोजिँदैछ त्रिशूलीमा बेपत्ता बस र यात्रु

Break n Links
Break n Links

शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानीभित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोरसहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो।

टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरीसमेत परिचालित रहेका छन्।

प्रकाशित मिति: : 2024-07-13 11:07:00

प्रतिकृया दिनुहोस्