नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्मा मन्त्री बन्ने भएका छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेकाे मन्त्री बनाउनेहरुकाे नामावलीकाे सूचीमा विश्वकर्माकाे नाम पनि समावेश रहेकाे एमाले स्राेतले जनायाे।
यद्यपि, उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गिएकाे छैन।
पार्टीका इमान्दार नेता विश्वकर्मालाई सरकारमा सहभागी नगराएकाे भन्दै आलाेचना भइरहेकाेमा ओली यसपटक भने प्राथमिकतामा राखेर मन्त्री बनाउनेहरुकाे सूचीमा नाम राखेकाे बताइएकाे छ।
विश्वकर्मा रुपन्देही- १बाट निर्वाचित एकमात्र प्रत्यक्षतर्फका दलित सांसद हुन्। उनले अघिल्लाे निर्वाचनमा माओवादीकाे चुनाव चिन्हबाट उठेका घनश्याम भुसाललाई ठुलाे मतान्तर पराजित गरेका थिए।