नवनियुक्त गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा रहुन्जेल इमानदारीपूर्वक काम गर्ने बताएका छन्।
साेमबार पदभार ग्रहण गर्दै उनले अहिले तत्काल विपद्मा नागरिकको जीवनरक्षामा सबै शक्ति लगाइने प्रतिबद्धता जनाए।
उनले आफ्ना सबै काम विधिको शासन कायम गर्नमा केन्द्रित हुने बताउँदै आफुले सहयोग पाउनेमा विश्वस्त रहेको बताए।
गृहमन्त्री लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताए।