प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
राष्ट्रपति पौडेलले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
जसअनुसार चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, विकले वन राज्यमन्त्रीमा र तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीकाे जिम्मेवारी पाएका छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। यससँगै ओली नेतृत्वकाे मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ।