साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो (तस्बिरहरू)

Break n Links
Break n Links

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो। 

व्रत बसेकाहरूले पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गर्दैछन्। 

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

तस्बिर-

प्रकाशित मिति: : 2024-08-12 11:50:00

प्रतिकृया दिनुहोस्